सरकारी कार्यालय सदरमुकामबाट गाँउमा सरेपछि सेवाग्राहीले सास्ती पाउन थालेका छन् । नागरिकसँग सम्बन्ध राखेका मालपोत, नापी शिक्षा तथा समन्वय इकाइ कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरु भेरी नगरपालिका–४ बोहरागाँउबाट सेवा प्रवाह गर्न थालेपछि सेवाग्राहीलाई समस्या भएको हो ।
विगत वर्षदेखि सदरमुकाम खलङ्गामा भाडाका घरबाट सेवा दिदै आएका सरकारी कार्यालयले बोहरागाँउबाट सेवा प्रवाह गर्न थालेपछि गाँउबस्तीबाट सेवा लिन आएका सेवाग्राहीलाई सास्ती हुने गरेको छ । जनता सँग प्रत्यक्ष सरोकार राख्ने सरकारी पायक पर्ने ठाउँमा नभएर समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
मालपोत र नापी कार्यालयले सरकारी भवन निर्माण नभएका कारण शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयबाट तीन ओटा सरकारी कार्यालयले सेवा प्रवाह गरेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले भाडाको घरबाट सेवा विस्तार गरेको छ । कोष तथा लेखा नियान्त्रण कार्यालयको भवन निर्माणाधिन अवस्थामा छ । मालपोत र नापी कार्यालयका भवन निर्माणको अन्तिम तयारीमा छन् ।
मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार कार्यालयको भवन निर्माण सम्पन्न भएपछि तत्काल आफनो भवनबाट सेवा दिने बताउनु भयो । तीन ओटा कार्यालयको काम एउटै भवनबाट दिनु परेपछि सेवाग्राही,कर्मचारी दुबैलाई समस्या भएको छ । कर्मचारी बस्ने व्यवस्था छैन । सेवाग्राहीलाई टन्टलापुर घाम लागेको बेला गर्मीमा बाहिर पठाउन पर्ने बाध्यता छ । कर्मचारीको बसाइ व्यवस्थापन नभएको कारण सेवाग्राहीलाई दिने सेवामा समेत बाधा परेको छ तर पनि जनताले पाउने सेवा सहज बनाउने प्रयास भइरहेको उहाँले बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाइ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भूकम्प अघि सरिसकेका थिए भूकम्पले भाडाका घर भत्किएपछि कार्यालयका स्रेस्ता तथा कागजात राख्ने घर नपाएपछि पुन सदरमुकाममा आउनु पर्ने बाध्यता छ ।
घर देखि सदरमुकामसम्म १५ सय गाडी भाडा लाग्छ । सदरमुकाम आउँदा कार्यालय सदरमुकाममै थिए । सजिलो थियो । गाँउमा सरेपछि पुन गाडी चढेर कार्यालय सम्म जानुपर्ने बाध्यता गरेको कुशे गाँउपालिका–८ का मगबहाद् रोकायाले बताउनु भयो । सरकारी कार्यालय सदरमुकाममा नहुँदा सर्वसाधारणले दुख पाउन थालेका छन् । कार्यालय भएका ठाँए सम्म जान गाडी नपाउने रैछ । नेपालगञ्च र सुर्खेत जाने गाडीले स्थानीय यात्रु नराख्ने भएरकोले गर्मी समयमा हिडेर जानु परेको बताउनु भयो ।
छोराहरुलाई जमिन अंशवण्डा गर्न आएको चार दिनसम्म कामको लागि बस्नु परेको छ । बस्ने र खाने राम्रो व्यवस्था नभएपछि बासको सदरमुकाम जानु पर्ने बाध्यताले सास्ती भएको उहाँले गुनासो गर्नुभयो ।
स्थानीय जनता सँग प्रत्यक्ष सरोकार राख्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बोहरागाँउबाट सेवा दिन थालेपछि धेरै स्थानीय जनतालाई सास्ती भएकोे भेरी नगरपालिका–११ का तिलक आचार्यले बताउनुभयो । सरकारी कार्यालयलाई एकै ठाँउमा पायक पर्ने ठाउँमा ल्याउन सरोकारवाला निकायले पहल गर्न आग्रह गर्नु भयो ।
सरकारी कार्यालय एकै ठाँउमा नभएपछि सात ओटै पालिकाका विकट बस्तीबाट आएका नागरिकले दुख पाउन थालेका छन् । सदरमुकाममा रहने कार्यालय बोहरागाँउमा सरेपछि जनताले आलोचना गर्न थालेका छन् ।