मानसिक रुपमा सुस्त र अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–५ का ५० वर्षीय हरिष चन्दलाई ०८१ वैशाख ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५ गते ललाईफकाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेपछि आरोपित विरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको पीडित परिवारको भनाइ छ ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका हवल्दार सपना ऐरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ६ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।