कञ्चन गाउँपालिका-५ की १७ वर्षीया बालिका अञ्जली धर्ती क्षेत्रीको हत्या गरेको आरोपमा सोही ठाउँका बुबा ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले वैशाख ६ गते गिरफतार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ४ गते घरबाट घुम्न जाउँ भन्दा घुम्न जान नमानेको भन्दै बुटवल उपमहानगरपालिका-९ स्थित मालिका होटल एण्ड लजमा लगेर फलामको रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । हत्या घटनाका आरोपित विरुद्ध मृतककी आमा ४३ वर्षीया सरस्वती जिसीले वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो ।
मृतक बालिकाको टाउकोमा गम्भीर चोट लागेर बढी रक्तश्राव भएकाले घटनास्थलमै मृत्यु भएको थियो । छोरीको हत्या गरी फरार रहेका आरोपित घटनापछि कञ्चन गाउँपालिका-४ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको डिएसपी भट्टले बताउनु भयो । शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।