म्याङलुङ नगरपालिका-३ की ३४ वर्षीया विना लिम्बूले ३७ वर्षीय पति चन्द्र लिम्बूले घरेलु हिंसा गरेको आरोपमा वैशाख ५ गते प्रहरीमा उजुरी दिनु भएको छ ।
पीडितले आरोपितले ०८१ वैशाख ५ गते घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा रहेको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएको असइ रीता पोखरेलले बताउनु भयो ।
आरोपितले कुटपिट गर्नुका साथै मानसिक तनाव दिएको पीडितको आरोप छ । घटनाका विषयमा अनुसन्धान थालिएको असइ रीता पोखरेलले बताउनु भयो ।
कुटपिटबाट घाइते पीडितको जिल्ला अस्पतालमा वैशाख ५ गते उपचार गरिएको छ ।