INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३४ वर्षीय काकालाई चैत १५ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८० चैत १५ गतेको इजलासले हाडनाता करणी गरेको कसुरमा कैद सजायसँगै १ लाख रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति र ३० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०८० जेठ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाबाट गिरफ्तार गरी जिल्ला अदालतमा ०८० जेठ ९ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीशको ०८० जेठ ९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० जेठ ९ गते  गरिएको थियो ।

अन्य

भिडियो