१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ नालीका ३५ वर्षीय प्रकाश परियारलाई चैत २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० चैत २२ गते बलात्कार गरेको आरोपमा बालिकाका मावली हजुरबुबाले सोही दिन प्रहरी चौकी दिप्रुङ चुइचुम्मामा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधार आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले चैत २३ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २२ गते गरिएको छ ।