INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुध्द्धोधन गाउँपालिका-२ बस्ने ४२ वर्षीय शान्ता दमाई, सोही ठाउँका २४ वर्षीय घनश्याम मल्लाह र २६ वर्षीय सञ्जय लोनियालाई प्रहरीले ०८० चैत १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत १४ गते बलात्कार गरेको भन्दै पीडितले चैत १९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।

पीडितले दिनुभएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो