INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–६ सुर्केकी ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति दीपक सिंजागु लिम्बूलाई चैत १९ गते गिरफ्तार गरको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०८० चैत १९ गते सिकल प्रहार हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई घटनालगत्तै घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल चैत १९ गते गरिएको छ

पीडित पक्षले चैत १९ गते शव बुझी चैत २० गते म्याङलुङ नगरपालिका–६ पेङवा खोलामा सद्गत गर्ने तयारी गरेका छन् ।

अन्य

भिडियो