कलैया उपमहानगरपालिकामा भदौ २२ गते स्थानीय तह निर्वाचनको प्रचारप्रसार कार्यक्रममा बहालवाला मन्त्री र सांसद सहभागी भएका छन् । उम्मेदवारी मनोनयनको भोलिपल्टै आचारसंहिता विपरीत उनीहरू भोट माग्न घरदैलोमा सहभागी भएका हुन् ।
काङग्रेसका बहालवाला सांसद तथा श्रम मन्त्री फरमुलाह मन्सुर र बहालवाला सांसद राधेचन्द यादव काङ्ग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजेश यादव तथा वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार धर्मेन्द्र तिवारीसँगै विभिन्न वडाको घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले आफूसित आचारसंहिता विपरीत उनीहरू घरदैलोमा सहभागी भएको गुनासो आएको बताए ।