११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका-२, मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले ०८० फागुन ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, मोतिपुर उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते बर्दिया अस्पताल, गुलरियामा भयो ।