१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बित्थडचिर गाउँपालिका–१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई ०८० फागनु २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिका फागनु ११ गते घाँस काटन र गाईगोरु चराउन जंगल गएको समयमा आरोपितले धम्की दिएर बलात्कार गरेकाले आरोपित विरुद्ध ०८० फागुन २६ गते प्रहरीमा उजुरी पीडित परिवारले बताउनु भयो ।
पीडित परिवारले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर दिपेश चौधरीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागनु २७ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको छ ।