INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–७ की २३ वर्षीया अनिसा बम शाहीले आफूलाई ३२ वर्षीय पति हस्तबहादुर शाहीेले मानसिक यातना दिनुका साथै घर निकाला गरेको आराेपमा पतिविरुद्ध फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपित शाहीले फागुन १७ गते घर छोड्न भन्दै नछोडे मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध उजुरी दिनुभएको हो ।

आरोपित शाहीविरुद्ध उजुरी निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पोषण थापाले बताउनु भयो ।

अन्य

भिडियो