INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका मृत्यु प्रकरणमा निष्पक्ष छानविन गर्न अधिकारकर्मीद्वारा ध्यानाकर्षण

बालिका  मृत्यु प्रकरणमा घटनाको निष्पक्ष तथा गम्भीर रूपमा छानविन गर्न अधिकारकर्मीहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई फागुन २२ गते ध्यानाकर्षण गराएका छन् ।

चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन स्कुलमा फागुन १२ गते भएको १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा निष्पक्ष छानविन गरि पीडितलाई न्याय दिलाउन माग गर्दै शान्तिको लागि नागरिक समाजको सञ्जाल, इन्सेक, बाल अधिकार मञ्च, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश, एड्वोकेसी फोरम, कोपिला नेपाल, राइट फर चिल्ड्रेन लगायत विभिन्न संघ संस्थाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

बालिकाको मृत्युबारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा पीडितलाई न्याय दिलाउन प्रधानमन्त्री कार्यालय मार्फत ध्यानाकर्षण गराएको हो ।

ध्यानकर्षण पत्रमा विद्यालय तथा छात्रावासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्रावासको निगरानी, नियमन र अनुगमन समेत माग गरिएको छ ।

विद्यालय बालबालिकाको दोस्रो घर भएकोले यस्ता मानव अधिकार विरुद्धको घटना हुनु भनेको नागरिकले आफ्नो मानव अधिकारको प्रत्याभूति गर्न नसक्नु र राज्यमा बालिकाहरू असुरक्षित छन् भन्ने सूचना प्रवाह भएको उल्लेख गरिएको छ ।

साथै सम्बन्धित निकायहरुले विद्यालयहरुमा बालबालिकाहरुले बालमैत्री वातावरणको उपभोग गनै पाएका छन् कि छैनन्, मनोविमर्शकर्ता भए नभएको तथा शिक्षक अभिभावक र बालबालिका बिच अन्तरक्रिया गर्ने गरिएको छ कि छैन जस्ता विभिन्न विषयमा अनुगमन तथा अध्ययन गरि प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण गराइएको हो ।

बालबालिकाको सर्वोत्तम हितको लागि बाल अधिकारका चार पिल्लरहरु सुरक्षित जन्म, संरक्षण, सर्वाङ्गिण विकास र सहभागिता प्रत्याभूति हुने गरि विद्यालयहरुमा बालमैत्री वातावरण कायम भए नभएको अनुगमन र नियगमन गर्नका लागि ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

e5bce4c0-1755-4408-83bf-691acd00ea7ca961fd3e-1343-48b2-a6ba-eb3855c537f6

अन्य

भिडियो