INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ सल्ले स्थायी घर भइ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोल बस्दै आएकी १५ वर्षीया बालिका सञ्जना भनिने ज्ञानमति राईको हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई फागुन २२ गते गिरफ्तार गरेको छ ।

मामाको छोरा दाजुको घरमा बसी पञ्चायत उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत बालिकाको ०८० फागुन २१ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा चौधरीलाई फागुन २२ गते वेलवारीस्थित भाउन्ने जङ्गलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।

पीडित बालिकासँग आरोपित प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव गर्दा बालिकाले नमानेपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक वयान आरोपितले प्रहरीलाई दिएको एसपी कार्कीले बताउनु भयो ।

विवाहित आरोपितकी पत्नी वैदेशिक रोजगारीमा रहेको र आरोपितका १४ वर्षीय छोरा भएको प्रहरीको भनाइ छ ।

शवको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा राखिएको छ ।

पोष्टमार्टम फागुन २३ गते भएपछि शव पीडितका दाजु विनोद राईलाई जिम्मा दिने तयारी प्रहरीले गरेको छ ।

अन्य

भिडियो