१९ वर्षीया मानसिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा विनयी त्रिवेणी गाउँपालिका – १ निवासी ६२ वर्षीय सुकबहादुर बिकलाई प्रहरीले ०८० फागुन १८ गते गिरफ्तार गरेको छ ।
पीडित मानसिक अपाङ्गता भएको हुनाले घटना कहिले भएको हो भनेर भन्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी साजन शर्माले जानकारी दिनुभयो ।
पीडित महिलाको परिवारले ०८० फागुन १८ गते आरोपित विरुद्ध उजुर दिएपछि प्रहरीले आरोपितलाई बिकको घरबाटै गिरफ्तार गरि घटनाको अनुसन्धान गरिरहेको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १८ गते मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको छ ।