१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धलेक गाउँपालिका- ४ का ३२ वर्षीय शिव थापामगर विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८० फागुन १८ गते उजुरी दर्ता गरिएको छ । मौखिक उजुरीको आधारमा आरोपितलाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको थियो ।
आरोपितले पीडितलाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षबाट फागुन १७ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर अभय लामाले जानकारी बताउनु भयो ।
पीडित बालिकालाई अन्तिम पटक ०८० मङ्सिरम बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।
पीडितको धादिङ अस्पतालमा फागुन १८ गते स्वास्थ्य परिक्षण गरियो ।