काठमाडौँ महानगरपालिका-२६ लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई ०८० फागुन ४ गते मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्तााहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोपमा वैद्य नेतृत्वका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेको जानकारी प्राप्त भएको भए पनि घटनामा संलग्न भएकाहरूको पहिचान नखुलेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताउनु भयो ।
डीडीसीमा आफूले भ्रष्टाचार नगरेको र वैद्य नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आफूमाथि हातपात गरी मोसो दलेर दुर्व्यवहार गरिएको पीडित झाले इन्सेकलाई जानकारी दिनुभयो ।