INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक अवस्था ठिक नभएकी ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय कृष्णानन्द पन्तलाई ०८० माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० माघ २९ गते ललाईफकाई घरमा बोलाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २९ गते ईलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर हर्षबहादुर चन्दले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

अन्य

भिडियो