३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐरलाई ०८० माघ १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १६ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते ईलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिनुभएको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।