३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भई काठमाडौँको कीर्तिपुर नगरपालिका-४, आँगाटार बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले ०८० माघ १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले युट्युव लगायत सामाजिक सञ्जालबाट पीडितको भिडियो बनाई दुरुपयोग गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ १५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका-४, आँगाटारबाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट माघ १५ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी रायले इन्सेकलाई जानकारी दिनुभयो ।