४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाँउपापिलिका–२ का ६० वर्षीय कर्ण लिम्बूलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८० माघ १३ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई प्रहरी अनुुुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
पीडित महिलको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १३ गते गते गरिएको छ ।