दश वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले दिक्त्तेल रुपाकाेट मझुवागढी नगरपालिका-१० पाथेकाका १७ वर्षीय बालकलाई माघ ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द माघ ६ गते अस्थायी प्रहरी चौकी, तालखर्कमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ६ गते घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ७ गते गरिएको छ ।