INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई भदौ ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय निरज राईलाई भदौ ९ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका अन्य दुई जना आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा भदौ ९ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ ९ गते हेटौँडा अस्पतालमा गरिएको छ ।

यसैगरी सुस्तमनस्थितीकी १६ वर्षीया बालिकालाई भदौ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ का ४० वर्षीय प्रदिप पोखरेललाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले आफू बलात्कृत भएको बताएपछि पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा भदौ ८ गते उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते हेटौँडा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो