INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित दुई बालक गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय र १६ वर्षीय २ बालक पुस २३ गते गिरफ्तार भएका छन् ।

बालविज्याईकर्ता तीन बालकले होली पर्वका दिन २०७८ चैत ४ गते दिउँसो सामूहिक बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा चैत ४ उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७८ चैत ४ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले ०७८ चैत १५ गते उजुरी दर्ता गरेको थियो । आरोपितहरूविरुद्ध चैत १५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

सुरुङ्गा नगरपालिका–७ चकदहस्थित बलान खोला नजिक बाबुनन्द चौधरीको आँपको फूलबारीमा आरोपितहरूले सामूहिक बलात्कार गरेको पीडितले बताउनु भयो । बाख्रा चराउन गएकी पीडितलाई पालो दिन जाँदा रंग खेल्दै पुगेका बिज्याईकर्ता बालकहरूले घेरा हाली लुगा कपडा खोली मुखमा कपडा हाली बोल्न कराउन नदिई सामूहिक बलात्कार गरेको पीडितका पतिले बताउनु भयो ।

जिल्ला अदालतमा ०७९ चैत ३ गते अभियोगपत्र दायर भई वारेण्टसहितको पक्राउ पुर्जी जारी भएपनि बिज्याईकर्ता बालकहरू फेला नपरे पछि फरार बालकहरू विरुद्धको मुद्दा सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ०८० असार २४ गते मुल्तबीमा राखेको थियो । आरोपित २ बालक गिरफ्तार भएपनि अर्का आरोपित १६ वर्षीय बालक फरार छन् ।

अन्य

भिडियो