INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका–५ पथरीका २८ वर्षीय श्यामसुन्दर पण्डित ०८० पुस १९ गते गिरफ्तार भएका छन् ।

घटनाको ३ महिनादेखि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पीडितको घरकोठामा प्रवेश गरी आरोपितले भदौ २१ गते राति साढे ११ बजे बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ २२ गते उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भदौ २२ गते भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले भदौ २२ गते बलात्कारको उजुरी दर्ता गरेको थियो ।

अन्य

भिडियो