१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालक विरुद्ध ०८० पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १९ गते धादिङ अस्पतालमा भयो ।
आरोपितलाई प्रहरीले पुस १८ गते गिरफ्तार गरेको छ । आरोपितलाई पुस १९ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।