INSEC Online

📅 २०८३ जेष्ठ २१

लेनदेनको विवादमा बन्धक घटनाका आरोपितहरू गिरफ्तार

३८ वर्षीय पुरुषलाई ०८० पुस १० गते चाबहिलबाट बन्धक बनाई कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदी लगेर १३ लाख ५० हजार रुपियाँ असुल गर्ने चार जनालाई प्रहरीले पुस १५ गते गिरफ्तार गरेको छ ।

प्रहरीको गिरफ्तारीमा पर्नेहरूमा सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर नगरपालिका-४, माकलबारी बस्दै आएका ४२ वर्षीय तेजमान तामाङ, सोही ठाउँका २६ वर्षीय सौगात तामाङ, कगेशवरी मनोहरा नगरपालिका-५, थली बस्दै आएका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षीय सम्राट भन्ने वीरे तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार बन्धक बनाइएका पीडितले पुस १४ गते आफू बन्धकमा परेको भन्दै प्रहरी वृत्त, बौद्धमा उजुरी दिनुभएको थियो । सोही उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको एसपी ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो