INSEC Online

📅 २०८३ जेष्ठ २१

मिटरव्याजी पीडितलाई कुटपिट घटनाका आरोपितहरू गिरफ्तार

मिटरव्याजी पीडित विष्णुपुर गाउपालिका–१ की ३५ वर्षीया ककुलती यादव र ४५ वर्षीया सुकमारी देवी साहलाई अदालत परिसरमा ०८० पुस ११ गते कुटपिट गरेका मिटरव्याजी सोही ठाउका ४९ वर्षीय श्याम निरौला र उनका छोरा १९ वर्षीय प्रभास निरौलालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस ११ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतमा आरोपितहरूले पीडितहरूलाई धमक्याउदै गालि गलौज गर्दै कुटपिट गरेको पीडित सुकमारीले बताउनु भयो । कुटपिट गरेका आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता नगरेकोले जिल्ला प्रहरी कार्यालय सिरहामा रातभरी धर्ना दिएको मिटरव्याजी पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले बताउनु भयो ।

जिल्ला प्रहरी कार्याल सिरहाका एसपी टेकुनन्द इवा लिम्बुले घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गिरफ्तार गरेपनि कार्यालय समय बाहिर भएकोले बिहान जाहेरी लिएर आउनुस हामी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए पनि उहाँहरूले कुरा नमानी धर्नामा बसेको बताउनु भयो । पुस १२ गते हामीले प्रक्रिया पूर्वक जाहेरी लिएर अपमानजनक अमानवीय व्यवहार शिर्षकमा मुद्दा दर्ता गरी आरोपितहरूलाई कारवाही प्रक्रियाको लागि म्याद थप गराएको एसपी लिम्बुले बताउनु भयो ।

अन्य

भिडियो