INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले डाक्नेश्वरी नगरपालिका–६ औरहीका २० वर्षीय धर्मेन्द्र सदा विरुद्ध ०८० पुस १० गते उजुरी दर्ता गरेको छ ।

डाक्नेश्वरी नगरपालिका–६ स्थित खाली चौरमा लगेर पुस १ गते राति बलात्कार गरेको भन्दै पीडितकी ४५ वर्षीय भाउजुले पुस ८ गते दिएको उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा पुस ८ गते भयो । आरोपित गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो