२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनका २७ वर्षीय देवर विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० पुस ९ गते उजुरी दर्ता गरेको छ ।
आफ्नै कोठामा पुस ३ गते सुतिरहेका बेला प्रवेश गरेका आरोपितले भाग्न, उम्किन नदिई, मुख थुनी बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितले पुस ५ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएपछि सोही दिन पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण भएको छ ।
वैदेशिक रोजगारीबाट हालै घर आएका आरोपितविरुद्ध उजुरी परेपछि उनी फरार छन् ।