१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का ३० वर्षीय श्रवण भनिने अभिमन्यु चौधरी पुस ९ गते गिरफ्तार भएका छन् ।
चौधरीसहित सप्तरीको बोदे बर्साइन नगरपालिका–३ सारस्वरका ३० वर्षीय रजनीकान्त चौधरी र नामथर नखुलेको एक जनाले भदौ १५ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ १६ गते उजुरी दिनुभएको थियो ।
आरोपितहरुले अपहरण गरी बोदे बर्साइन नगरपालिका–३ सारस्वरमा बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहान, सिरहामा भदौ १६ गते भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ १८ गते अपहरण तथा बलात्कारको उजुरी दर्ता भएको छ ।