INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको प्रभावः दाम्लोमा बाँधेर राखिएका तीन जनाको उद्धार

दाम्लोले बाँधेर राखिएका अपाङ्गता भएका तीन जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम, काठमाडौँले उहाँहरूको उद्धार गरेको हो ।

इन्सेक अनलाइनमा पुस ५ गते ‘दाम्लोले बाँधेर राखिँदै छ धादिङका बौद्धिक अपाङ्गता भएका नागरिकलाई‘ शीर्षकमा समाचार प्रकाशन भएको थियो । ज्वालामूखी गाउँपालिका-५ का शिवबहादुर गुरुङ, १४ वर्षीय रोषन गुरुङ र १७ वर्षीय सोमबहादुर गुरुङलाई बाँधेर राखिएको र परिवारले उद्धारको आशा गरेको कुरा समाचारमा उल्लेख गरिएको थियो ।

मानव सेवा आश्रमले घरमै पुगेर उद्धार गरिएपछि उहाँहरूको उपचार गरेपछि कहाँ कसरी राख्ने भन्नेबारे पछि छलफल गरी व्यवस्था मिलाइने भएको छ । उहाँहरूको उपचारका लागि परिवारका सदस्यलाई समेत साथै लगिएको छ ।

गङ्गाजमुना गाउँपालिका-३, पोखराका २० वर्षीय मदनकुमार तामाङको पनि उद्धार गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र स्थानीय वडा अध्यक्षले उद्धार गरी मानव सेवा आश्रम लगरेको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

मानसिक समस्या भोग्दै आएपछि उहाँहरूलाई काममा जाँदा बाँधेर राख्ने गर्नु परेको परिवारले बाध्यता परेको थियो । गङ्गाजमुना गाउँपालिकामा भने गाउँपालिकाको तर्फबाट उक्त परिवारलाई समेत सहयोग उपलब्ध गराएर उद्धारमा सघाएको छ ।

गङ्गाजमुना गाउँपालिकाले नै मानव सेवा आश्रमसम्म परिवारको सदस्य समेत लिएर जाने व्यवस्था मिलाएको छ । बाँधेर राखिएको समाचारपछि आफूहरू उक्त परिवारलाई समेत सहयोग उपलब्ध गर्न तयार भएको गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो