INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका–११ का १९ वर्षीय पवन महरा विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी दिएका छन् ।

आरोपितले बालिकालाई पुस २ गते बलात्कार गरेकोले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडित बालिकाको आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस ४ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो