INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको २१ औँ साधारण सभा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २१ औँ साधारण सभा काठमाडौँमा साउन ३२ गते सम्पन्न भएको छ ।

साधारण सभामा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले संविधान जारी भएपछि देशमा आमूल परिवर्तन भएको बताउँदै संविधानको भावना अनुरूप संस्थाको विधान संशोधन गर्नुपर्ने औँल्याए । उनले विकसित परिस्थितिमा विभिन्न मुद्दामा बहस तथा पैरवीका कार्यलाई बढाउनु पर्ने आवश्यकतामा जोड दिए ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानव अधिकार संरक्षण, सम्बर्द्धन र प्रवर्धन तथा अभिलेखीकरणको कार्यलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिए ।

सभामा आ.व. २०७२/०७३ को प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनहरू सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

.

.

INSEC's 21st Annual General Meeting oraganised by INSEC at AlfaBita House, New Baneshwor, kathmandu, Nepal on 16th August 2017

.

.

.

.

.

.

Photo20170817Ktm10

अन्य

भिडियो