INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया एकल महिलालाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेर फरार रहेका गुल्मीको सत्यवती गाउँपालिका-७ का ४४ वर्षीय डिल बहादुर गलामीलाई प्रहरीले ०८० पुस २ गते बाँकेबाट गिरफ्तार गरेको छ ।

आरोपितले म्यसेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका बार्तालापको स्क्रिन रेकर्ड गरेर उक्त स्क्रिन रेकर्डलाई सम्पादन गरी अश्लिल सन्देश सहितको भिडियो बनाई पोष्ट गरेर चरित्र हत्या गरेको भन्दै पीडितले ०८० भदौ २६ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि फरार रहेका आरोपितलाई ०८० पुस २ गते जिल्ला प्रहरी कार्यालय, बाँकेको सहयोगमा गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी पशुपति कुमार रायले बताउनु भयो ।

ब्युरोले गिरफ्तार भएका आरोपितलाई अदालती कारबाहीका लागि पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा पेश गरेको एसपी रायले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो