३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–९ टिकुलियाका ३६ वर्षीय सरिफ मियाँ र उनकी पत्नी ३० वर्षीया कुल्सुम खातुनविरुद्ध ०८० मङ्सिर २८ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता भएको छ ।
आरोपितहरूले विश्वासघात गरी ६ लाख रुपियाँ ठगी गर्नुका साथै सरिफले कात्तिक ५ गते युसुफ मियाँको बगैचामा बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
पीडितले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर २५ गते भयो । आरोपितहरू फरार रहेका छन् । फरार आरोवितहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।