११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बन्दिपुर गाउँपालिका–१ छापका २८ वर्षीय सोनामबहादुर मगरलाई ०८० मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले ०८० मङ्सिर २६ गते इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा उजुरी दिनु भएको थियो ।
सोही उजुरीको आधारमा आरोपित मगरलाई गिरफ्तार गरि थप अनुसन्धानको लागि मङ्सिर २८ गते जिल्ला अदालतबाट म्याद थप लिइएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज इन्स्पेक्टर शिव थापाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते दमौली अस्पतालमा गरिएको छ ।