स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै ११औं पटक आमरण अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोग पूर्व आयुक्त समाजले आग्रह गरेको छ ।
‘उहाँको स्वास्थ्य स्थितीमा हालका दिनमा खतरा वढ्दै गएको समाचारले पूर्व आयुक्त समाजलाई चिन्तित बनाएको छ ।’-समाजका अध्यक्ष केदारनाथ उपाध्यायद्वारा साउन २६ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
डा. केसीको जीवन रक्षाको लागि अविलम्ब पहल गर्न सरकार, संसद एवम् प्रमुख राजनीतिक दलहरूलाई पूर्व आयुक्त समाजले अपिल गरेको छ । डा. केसी पछिल्लोपटक विगत १७ दिनदेखि अनसनमा छन् ।