INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-२ राईटोलकी ७० वर्षीया ज्येष्ठ नागरिक मधुमाया पुरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।

आपसी विवादका क्रममा आरोपितले मधुमायालाई मङ्सिर १८ गते खुकुरी प्रहार गरेको र पीडितको उपचारका क्रममा तरहरा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले बताउनु भयो ।

घटनाका विषयमा स्थानीयले खबर गरेपछि आरोपितलाई अनुसन्धानका लागि इटहरी उपमहानगरपालिका-२ बाट गिरफ्तार गरेको प्रहरीले छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा मङ्सिर १८ गते गरिएको छ ।

पीडित पक्षले शव बुझी इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मङ्सिर १८ गते सद्गत गरेको छ ।

अन्य

भिडियो