INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडाकोट नगरपालिका– ६ निवासी बिनोद बोटेलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते राति बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिनुभएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको र घटनाको बारेमा अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय गैँडाकोट मुद्दा फाँटका सुजन अधिकारीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो