१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका-२ का २२ वर्षीय नन्कु चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र पन्तले बताए ।
पीडित बालिकालाई आरोपितले साउन १९ गते बलात्कार गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते भेरी अञ्चल अस्पतालमा भएको प्रहरीले जनाएको छ । पीडित पक्षले जाहेरी दिने तयारी गरी रहेको र आवस्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र पन्तले बताए ।