INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वोच्च अदालतद्वारा माइतीघर मण्डलामा लगाएको निषेधाज्ञामा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले काठमाडौँको माइतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण माग गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको ०८० मङ्सिर ८ गतेको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ०८० मङ्सिर ४ गते एक विज्ञप्ति जारी गर्दै ०८० मङ्सिर ५ गतेदेखि पद्मोदय मोड, माइतीघर मण्डला, बबरमहलदेखि नयाँ बानेश्वर चोकसम्मका क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । जिल्ला प्रसाशन कार्यालयको उक्त आदेश विरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले निशेधाज्ञा खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएर ०८० मङ्सिर ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर्नु नपर्ने भए कारणसहित लिखित जबाफ पेश गर्न समेत भनेको छ ।

अन्य

भिडियो