INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी ०८० मङ्सिर ८ गते गिरफ्तार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज नेउपानेले बताउनु भयो । घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ७ गते उजुरी दिनु भएको थियो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ७ गते स्वास्थ्य परीक्षण भएको छ ।

अन्य

भिडियो