१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बडीकेदार गाउँपालिका–२ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई ०८० मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८० मङ्सिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मौखिक जानकारी दिएपछि आरोपितलाई मङ्सिर २ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको र पीडित पक्षले आरोपति विरुद्ध मङ्सिर ४ गते मात्रै लिखित उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर सिताराम बिस्टले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।