INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित आन्दोलनका अगुवाको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

सिनो बहिष्कार र भूमिहीन हरूवा चरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुर, सप्तरीका ६७ वर्षीय बलदेव रामको साउन १७ गते विहान निधन भएको खबरले दुःखी भएको इन्सेकले जनाएको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा साउन १८ गते जारी विज्ञप्तिमा ‘दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ भनिएको छ । रामको निधनले नेपालको दलित आन्दोलनलाई अपुरणीय क्षति पुगेको इन्सेकले जनाएको छ ।

‘सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा कथित दलितहरूले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाइ गरेका रामले तराईका जिल्लामा सिनो फाल्नुपर्ने कुरीतिजन्य प्रथाविरुद्ध जेहाद छेड्नुभएको थियो ।’-जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित सङ्गम मधुपट्टि र हरूवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्चस्तरीय भूमिसुधार आयोग २०६५ को सदस्यसमेत रहेका थिए ।

अन्य

भिडियो