INSEC Online

📅 २०८३ जेष्ठ २१

डा. केसीको जीवन रक्षा गर्न निगरानी समितिको आग्रह

वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. गोविन्द केसीले नेपालको स्वास्थ्य सेवा र शिक्षामा सुधार ल्याउन माग गर्दै निमित्त ११औं पटक आमरण अनसन बस्नु परेको घटनाप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर चासो र चिन्ता ब्यक्त गर्दै जीवन रक्षाको लागि सरकारसँग आग्रह गरेको छ ।

‘डा.केसीले ज्यान जोखिममा राखेर थालेको सत्याग्रह कुनै ब्यक्तिगत स्वार्थ नभएर शिक्षा र समग्र राज्यको सामाजिक न्याय, चुस्त ब्यवस्थापन र सुशासनको लागि हो । विगतमा सरकार र उहाँबिच भएका सहमति र सम्झौता पालना नभएबाट डा. केसीले ११औं पटक आमरण अनसन बस्नु पर्ने अवस्था श्रृजना हुनु दुःखद् छ ।’-जबाफदेहीता निगरानी समितिका अध्यक्ष चरण प्रसाईद्वारा साउन १७ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

डा. केसीका प्रतिनिधि र नेपाल सरकारबीच विभिन्न चरणमा वार्ता भएपनि हालसम्म त्यसबाट निकास ननिस्कनु दुर्भाग्यपूर्ण भएको जनाउँदै समितिले डा. केसीसँग विगतमा भएका सम्झौता कार्यन्वयन नहुनुमा सरकार गैरजिम्मेवार भएको उल्लेख गरेको छ ।

अन्य

भिडियो