१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर गाउँपालिका-२ फ्याकका २१ वर्षीय दीपक भनिने षडानन्द नेपालीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० कात्तिक २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ साउन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ साउन २० गते घरबाटै गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा भदौ ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको भदौ ९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन २० गते गरिएको थियो ।