INSEC Online

📅 २०८३ जेष्ठ २२

संसद भवन अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहितका अधिकारकर्मी चार घण्टापछि रिहा

जनयुद्ध दिवसका नाममा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय खारेज गर्नु पर्ने र सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा विचाराधीन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा ०८० कात्तिक १२ गते गिरफ्तारीमा परेका मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडी सहित २७ जनालाई प्रहरीले पाँच घण्टापछि रिहा गरेको छ ।

प्रहरी गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ६५ वर्षीय कृष्ण पहाडी, काठमाडौँका ५० वर्षीय रामकृष्ण बराल, काठमाडौँका ४३ वर्षीय किरण ढकाल, ललितपुरका ५३ वर्षीय चन्द्रमणि बन्जारा, काठमाडौँका ४६ वर्षीय विकास थापा, काठमाडौँका ४५ वर्षीय दिवाकर पुडासैनी, काठमाडौँका ५७ वर्षीय उत्तम पुडासैनी, काठमाडौँका ४३ वर्षीय रामप्रसाद जोशी, काठमाडौँकी ४२ वर्षीया नम्रता खरेल, काठमाडौँका ३५ वर्षीय भगवान पुडासैनी, चितवनका ४५ वर्षीय शम्भु राउत, रामेछापका ६५ वर्षीय कल्याण बुढाथोकी, काठमाडौँका ४८ वर्षीय जगन्नाथ पुडासैनी, काठमाडौँकी ३७ वर्षीया सानु लामा, काठमाडौँकी ४२ वर्षीया सुप्रिया सापकोटा, काठमाडौँका ३३ वर्षीय सार्जन चापागाईं, काठमाडौँका ४५ वर्षीय सुन्दरराज पुडासैनी, काठमाडौँका ४७ वर्षीय नानीकाजी गिरी, काठमाडौँका ३६ वर्षीय इश्वर पुडासैनी, काठमाडौँका ४६ वर्षीय जयराम पुडासैनी, काठमाडौँका ४५ वर्षीय तुलसीराम भण्डारी, काठमाडौँकी ४० वर्षीया दुर्गा सापकोटा, काठमाडौँका ५५ वर्षीय नानीकाजी प्याकुरेल, काठमाडौँका ४१ वर्षीय बुद्ध रिसाल, काठमाडौँका ४५ वर्षीय नवराज चापागाईं, मकवानपुरका ४८ वर्षीय भोलानाथ चालिसे र काठमाडौँका ४३ वर्षीय शिवकुमार बुढाथोकी रहेका थिए ।

गिरफ्तारीमा परेकाहरूलाई प्रहरीले दिउँसो १२ बजे गिरफ्तार गरेर प्रहरी वृत्त, नयाँ बानेश्वरमा राखेको थियो ।

अन्य

भिडियो