गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि २०८० असोज २४ गते पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुर्व्यवहार गरेको पीडितले बताउनुभयो ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत बालबालिकाको विषयमा जिज्ञासा राख्दा आफूमाथि दुर्व्यवहार भएको अधिकारीले बताउनुभयो ।
आरोपित मिलन प्रतिकले चिनेको छस् पूर्व राष्ट्रपति, पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ? भन्दै गालीगलौज साथै धाकधम्कीपूर्ण भाषा प्रयोग गरि आफूलाई दुर्व्यवहार गरेको अधिकारीले बताउनुभयो ।
पत्रकार महासंघ गण्डकीले दुर्व्यवहार गर्ने मिलनलाई कानुन अनुसार कारबाहीको माग गर्दै आगामी दिनमा समाचार संकलन, प्रकाशन एवं प्रसारण गर्ने अधिकार निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण समेत गराएको छ ।