INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको लाठी प्रहारबाट स्थानीय तहका १५ कर्मचारी घाइते

सङ्घीय निजामती विधेयकलाई लिएर आन्दोलनरत स्थानीय तहका १५ जना कर्मचारी ०८० असोज २२ गते घाइते भएका छन् । माइतिघर मण्डलाबाट र्‍याली लिएर नयाँबानेश्वरतर्फ जाँदै गरेका आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरीको लाठी प्रहारबाट घाइते हुनेहरूमा मुगुका ३१ वर्षीय विक्रम शाही, रुकुम पश्चिमका ३१ वर्षीय जङ्गबहादुर पामीमगर, रुकुम पश्चिमका ३५ वर्षीय नरिन्द्र कुमार, सल्यानका ३६ वर्षीय मानबहादुर बुढाथोकी, रुकुम पश्चिमका २८ वर्षीय नागेन्द्र कुमार मण्डल, रुकुम पश्चिमकी २५ वर्षीया दिपा नेपाली, कास्कीका ४० वर्षीय कमल घर्ती, म्याग्दीका ३३ वर्षीय इश्वर भण्डारी, बाग्लुङका ३० वर्षीय लोकेन्द्र गैरे, जुम्लाका ३१ वर्षीय नवराज रोकाय, कास्कीका ४५ वर्षीय भगवान प्रसाद पौडेल, कास्कीका ३० वर्षीय संजय लामिछाने, कैलालीकी २५ वर्षीया पुजा जैसी, गोरखाका ३५ वर्षीय श्यामहरी संग्रौला र गोरखाकी २७ वर्षीय दुर्गा विष्ट रहेका छन् ।

झडपमा घाइते भएका गैरेको टाउकोमा चोट लागेको छ भने पौडेलको बायाँ खुट्टामा प्लास्टर गरिएको छ । झडपमा घाइते भएकाहरूको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल र निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ ।

Photo_080-6-22_Kathmandu

अन्य

भिडियो